Skip to main content

बैतडीमा पनि जातीय विभेद उन्मुलन दिवस मनाईयो

२१ मार्चको अवसर पारी बुधवार बैतडीमा ५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस भव्यताकासाथ मनाईएको छ । दलित महिला संघ (फेडो)को आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका निर्वाचित दलित प्रतिनिधिहरुको सहभागितामा र्याली निकालेर जातीय विभेद उन्मुलन दिवस मनाईएको हो ।
कार्यक्रममा ग्रामीण भेगका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्लाको दुर्गम गाउँपालिका पञ्चेश्वरबाट सहभागी नारायण सार्कीले बिद्यालयमा दिवा खाजा खुवाउँने क्रममा दलित बालबालिकामाथि जातीय विभेद हुने गरेको गुनासो गर्नुभयो ।
दशरथचन्द नगरपालिका वडा नं. ९ बाट सहभागी प्रेम दयालले मन्दिरका पूजारीबाट गाउँमा दलित माथि जातीय विभेद हुने गरेको गुनासो गर्नुभयो । सहभागीहरुको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले विभेदका त्यस्ता घटनाको तुरुन्तै उजुरी दिनुहोस् हामी कानुन अनुसार कारबाही गर्छौ भन्दै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले हामी सबै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्ध छौं भन्दै प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवकामा एमाले नेता परमानन्द भट्ट, नेपाली काँग्रेसका नेता, एमालेका नेता नरेश विश्वकर्मा, तथा जिल्ला समन्वय समितिका सदस्य लालबहादुर चन्द, प्रहरी प्रमुख हेरम्ब शर्माले जातीय विभेद उन्मुलन गर्न प्रबिद्धता जनाउनुभएको थियो ।
कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारीले जातीय विभेद जस्तो दण्डनीय कुरा कहि कतै भएको छ भने त्यसलाई कडाईपूर्वक कारबाही हुने बताउनुभयो ।
कार्यक्रमको अवसरमा जातीय विभेद उन्मुलन गर्न महत्वपूर्ण काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको दलित महिला संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।

Comments

Popular posts from this blog

पाटनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बैतडीको सुन्दर नगरी पाटनमा शनिबार देखि राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । पाटन स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित सो प्रतियोगिताको पदेश नं. ७ का पर्यटन, उद्योग बाताबरण तथा वन मन्त्री मायादेबी भट्टले उद्घाटन गर्नु भएको हो । १० औं राष्ट्रिपति कप रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री भट्टले खेलाडीहरुले अनुशासित भएर देश निर्माणमा लाग्नुपर्ने बताउनुभयो । सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले युवाहरुलाई स्वरोजगार दिलाउन प्रत्येक स्थानीय तहमा घरेलु उद्योग स्थापना गरीने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, पाटन नगरपालिका उप–प्रमुख सरस्वती कोली, जिल्ला विकास समितिका पूर्व–सभापति परमानन्द भट्ट, पाटन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम सिंह भण्डारी र नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुबहादुर चन्दले राष्ट्र निर्माणमा खेलाडीहरुको उल्लेखनीय योदान रहने बताउनुभयो । चार दिन सम्म सञ्चालन हुने सो प्रतियोगितामा जिल्ला भरीका ३२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको ज

भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा झोलङ्गे पुल निर्माण हुन सकेन

चैत ११, बैतडी |  भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।  पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।  महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताउनुभयो ।  भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका जानकारी दिंदै उहाँले भन्नुभयो, “डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौँ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”  स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चे