२७ असार,वैतडी । करीव २० वर्षदेखि बन्द रहेको बैतडीको पाटन बिमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । बैतडी विमानस्थल पाटनलाई पुनः सुचारु गर्ने गरी सरकारले गत वर्ष बजेट विनियोजन गरेको थियो । सोही अनुसार गत मंसीरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) तयार पारिएको थियो । डिपीआर तयार भए पश्चात करीब ११ करोडको लागतमा विमानस्थललाई १५ महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य सहित कटिङको काम सुरु गरिएको छ । अहिले सुरुमा कटिङको काम भइरहेको र त्यसपछि फिलिङ हुँदै विमानस्थललाई कालोपत्रे गरिने कम्पनीका इञ्जिनियर पुरन रावलले बताए । लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्न काम सुरु भएपछि स्थानीय बासिन्दा खुसी छन् । बैतडीमा रहेका निङ्गलाशैनी, बाबा जगन्नाथ, उदयदेव मन्दिर, पाताल भुमेश्वर जस्ता धेरै पर्यटकीय सक्भावना बोकेका स्थानहरुको विस्तार हुनुका साथै धेरै पर्यटकहरुको आगमन हुने भएकाले बैतडी विमानस्थल पाटन सञ्चालनमा आउनु आवश्यक रहेको स्थानिय शिक्षक लोकेन्द्र चन्द बताउँछन । उनले भने ‘पाटन देशका १० नमूना शहर मध्ये एक भएकाले विमानस्थल सञ्चालनमा आए धेरै सजिल
Patan is beautiful place overall of the district. This place is surrounded by the beautiful hills including pine forests. At the bottom of this village there is Surnaya river is streaming which is main river of this area. This place is located in between Dadeldhura And Baitadi Khalanga.