Skip to main content

Posts

Showing posts from 2018

भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा झोलङ्गे पुल निर्माण हुन सकेन

चैत ११, बैतडी |  भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।  पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।  महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताउनुभयो ।  भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका जानकारी दिंदै उहाँले भन्नुभयो, “डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौँ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”  स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चे

खेल मैदानमै खेलाडीहरुको भिडन्त, प्रहरीको लाठीचार्ज: त्रिभुवन आर्मीद्वारा खेल बहिष्कार

चैत १७, सर्लाही | सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबल अन्तर्गत शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम ११ बीच खेल मैदानमै कुटाकुट भएको छ ।  फाइनल खेलको दोश्रो हाफको खेल हुँदै गर्दा २-१ को स्कोरले पछी परेको आर्मीका खेलाडीले सुरुदेखिनै खेलको नियम पालना नगरी रफ खेलेको कारण झगडा भएको सूदुरपश्चिमले जनाएको छ । खेलको क्रममा ११ नम्बर जर्सी एरोनाले डबल एलो कार्ड सहित रेड कार्ड पाए । त्यसैले विवाद सुरु गर्यो । खेल जारी रहँदा मैदान भित्रै आर्मीका खेलाडीले सूदुरपश्चिमका खेलाडीलाई कुटेका थिए ।  मैदान झडप भएपछी प्रहरीले लाठिचार्ज समेत गरेको थियो । मैदानभित्रै खेलाडी कुटेपछी रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिए । मैदानमा झडप  भएपछि प्रहरीले लाठ्ठी चार्जसमेत गरेको थियो । आफ्ना ३ खेलाडीलाई रेडकार्ड दिएको झोकमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल मैदान छाडेर खेल्ने बहिस्कार गरि बाहिरिए । आर्मीले मैदान छाडेपछि सुदूरपश्चिम ११ ले स्वत: बिजयी भएको भन्दै नारावाजी गरेको थियो ।  आयोजकले भने सनिबारको खेल रद्द भएप

२० वर्षपछि चल्ने भयो वैतडीको पाटन विमानस्थल

२७ असार,वैतडी । करीव २० वर्षदेखि बन्द रहेको बैतडीको पाटन बिमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । बैतडी विमानस्थल पाटनलाई पुनः सुचारु गर्ने गरी सरकारले गत वर्ष बजेट विनियोजन गरेको थियो । सोही अनुसार गत मंसीरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) तयार पारिएको थियो । डिपीआर तयार भए पश्चात करीब ११ करोडको लागतमा विमानस्थललाई १५ महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य सहित कटिङको काम सुरु गरिएको छ । अहिले सुरुमा कटिङको काम भइरहेको र त्यसपछि फिलिङ हुँदै विमानस्थललाई कालोपत्रे गरिने कम्पनीका इञ्जिनियर पुरन रावलले बताए । लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्न काम सुरु भएपछि स्थानीय बासिन्दा खुसी छन् । बैतडीमा रहेका निङ्गलाशैनी, बाबा जगन्नाथ, उदयदेव मन्दिर, पाताल भुमेश्वर जस्ता धेरै पर्यटकीय सक्भावना बोकेका स्थानहरुको विस्तार हुनुका साथै धेरै पर्यटकहरुको आगमन हुने भएकाले बैतडी विमानस्थल पाटन सञ्चालनमा आउनु आवश्यक रहेको स्थानिय शिक्षक लोकेन्द्र चन्द बताउँछन । उनले भने ‘पाटन देशका १० नमूना शहर मध्ये एक भएकाले विमानस्थल सञ्चालनमा आए धेरै सजिल

पाटनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बैतडीको सुन्दर नगरी पाटनमा शनिबार देखि राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । पाटन स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित सो प्रतियोगिताको पदेश नं. ७ का पर्यटन, उद्योग बाताबरण तथा वन मन्त्री मायादेबी भट्टले उद्घाटन गर्नु भएको हो । १० औं राष्ट्रिपति कप रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री भट्टले खेलाडीहरुले अनुशासित भएर देश निर्माणमा लाग्नुपर्ने बताउनुभयो । सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले युवाहरुलाई स्वरोजगार दिलाउन प्रत्येक स्थानीय तहमा घरेलु उद्योग स्थापना गरीने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, पाटन नगरपालिका उप–प्रमुख सरस्वती कोली, जिल्ला विकास समितिका पूर्व–सभापति परमानन्द भट्ट, पाटन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम सिंह भण्डारी र नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुबहादुर चन्दले राष्ट्र निर्माणमा खेलाडीहरुको उल्लेखनीय योदान रहने बताउनुभयो । चार दिन सम्म सञ्चालन हुने सो प्रतियोगितामा जिल्ला भरीका ३२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको ज

बैतडीमा पहिलो पटक नदी दिवस मनाईयो

बैतडीमा पहिलो पटक नदी दिवस मनाईएको छ । जिल्लाको दशरथ चन्द नगरपालिका वडा नं. ६ महाकाली नदी किनारका वस्तीमा रहेका महिलाहरुले नदी दिवस मनाएका हुन् । नदी सफा राखौ, नदीको पानीको सदुपयोग गरौं ,पानी जीवन हो ,पानी सम्पत्ति हो भन्ने नारा लगाएर महिलाहरुले नदी दिवस मनाएको महिला सशक्तिकरण केन्द्रका सदस्य पर्वती कार्कीले बताउनुभयो । नदी दिवसको अवसरमा पानीको महत्वका बारेमा चित्रकला प्रतियोगितासहित नदीको गतिविधि सम्बन्धि अन्तरक्रिया समेत आयोजना गरिएको थियो । महाकाली किनारमा रहेको उक्त शेरा वस्तीमा ९५ घर परिवार छन् । छेउमै महाकाली नदी बगे पनि गाउँमा खानेपानी र सिंचाईको अभाव छ । सो वस्तीमा महाकाली नदीको पानीको सदुपयोग परियोजना ( ट्रोसा ) कार्यक्रम संचालनमा रहेको छ । नदी दिवस मनाउन रुडेस बैतडीले महिलाहरुलाई सहयोग गरेको दशरथ चन्द नगरपालिका ६ का निर्वाचित वडा सदस्य सीता कार्कीले बताउनुभयो । अक्सफाम नेपालको सहयोगमा रुडेसद्वारा संचालित महाकाली नदीको पानीको सदुपयोग परियोजना ( ट्रोसा ) ले बैतडीका दशरथ चन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका कार्यक्रम संचालन गरिरहेको रुडेस बैतडीका

सात नम्बर प्रदेशमा भाइ बैनीको प्रेम पर्व ‘भिटौलो’ मनाइदै

चैत महिना शुरुभएसंगै सुदूरपश्चिमभरी भिटौलो गर्ने चलन अनुसार दीदीबहिनीहरुलाई भेट्ने कार्यक्रममा दाजुभाईहरु व्यस्त छन् । भाइ बैनीको प्रेम पर्व ‘भिटौलो’ खास गरेर बैतडी, दार्चुला र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीहरुलाई माइती पक्षका तर्फबाट दाजुभाईहरुले भेट्ने चलन रहेको स्थानीय जानकाहरुले बताएका छन् । ‘चैत महिना खडेरीको महिना पनि हो, यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीहरुलाई माईतीहरुले खानेकुरा लगेर भेट्ने चलन रही आएको पाटनका संस्कृतिप्रेमी बिष्णुदत्त जोशीले जानकारी दिनुभयो । भारतको कुमाउँमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछी व्यस्तताका कारण भेट्न नपाएको सत्य कथा संग यो भिटौलो अर्थात् चेलीबेटीहरुलाई भेट्ने चलन जोडिएको उनले बताए । दाजुले आफ्नी बहिनीलाई भेट्न नसकेपछी बहिनी भोकले मरेको र पछी सबै दाजुभाईले आफ्नी दिदीबहिनीलाई चैत महिनाभरी अनिवार्य रुपमा भेट्ने चलन रहीआएको उनले बताए । यो महिनाभरी एकरात दिदिबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाई र दिदीबहिनी बहिनीको सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने जो

बैतडीमा पनि जातीय विभेद उन्मुलन दिवस मनाईयो

२१ मार्चको अवसर पारी बुधवार बैतडीमा ५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस भव्यताकासाथ मनाईएको छ । दलित महिला संघ (फेडो)को आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका निर्वाचित दलित प्रतिनिधिहरुको सहभागितामा र्याली निकालेर जातीय विभेद उन्मुलन दिवस मनाईएको हो । कार्यक्रममा ग्रामीण भेगका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्लाको दुर्गम गाउँपालिका पञ्चेश्वरबाट सहभागी नारायण सार्कीले बिद्यालयमा दिवा खाजा खुवाउँने क्रममा दलित बालबालिकामाथि जातीय विभेद हुने गरेको गुनासो गर्नुभयो । दशरथचन्द नगरपालिका वडा नं. ९ बाट सहभागी प्रेम दयालले मन्दिरका पूजारीबाट गाउँमा दलित माथि जातीय विभेद हुने गरेको गुनासो गर्नुभयो । सहभागीहरुको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले विभेदका त्यस्ता घटनाको तुरुन्तै उजुरी दिनुहोस् हामी कानुन अनुसार कारबाही गर्छौ भन्दै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले हामी सबै जातीय विभेद उन्मुलन गर्न प्रति

CLIMATE, CLIMOGRAPH AND TEMPERATURE GRAPH

The climate here is mild, and generally warm and temperate. When compared with winter, the summers have much more rainfall. The Köppen-Geiger climate classification is Cwa. The temperature here averages 18.4 °C. The rainfall here averages 1525 mm. CLIMOGRAPH Precipitation is the lowest in November, with an average of 12 mm. In July, the precipitation reaches its peak, with an average of 376 mm. TEMPERATURE GRAPH At an average temperature of 24.1 °C, June is the hottest month of the year. At 10.3 °C on average, January is the coldest month of the year.

School Selection

OLE Nepal and Baitadi DEO had announced a call for application to primary schools through the local FM stations and newspaper advertisements. The application forms were made available at the DEO office, resource centers and Food for Education (FFE) offices. A total of 38 applications received by the DEO were carefully reviewed by OLE Nepal and DEO staff, and 24 schools were shortlisted based on the number of students, teachers and school infrastructure. Two teams consisting of OLE Nepal staff, DEO and FFE officials conducted site survey of the 24 schools on May 21 – 29 to check the infrastructure, meet with teachers and community members, and to assess how well the schools fit the criteria set by the DEO and OLE Nepal. Since many of the schools were located in far flung communities, the teams were often required to walk for days on difficult hilly terrains. Upon completion of the survey, the teams convened at the DEO office and selected 15 schools.

About Baitadi

Baitadi is one of seven district in the far west region of Nepal. According to the UN, it has one of the lowest HDI (0.391) in Nepal and the literacy rate of women stands at 49%. OLE Nepal worked closely with development partners and local bodies such as the District Education Office (DEO), Department of Education (DoE), UN World Food Programme and Embassy of Finland’s Fund for Local Cooperation (FLC) throughout the launch of the project. The plan and execution of the launch went smoothly by drawing from the experience of previous deployments in the far west region.