Baitadi is one of seven district in the far west region of Nepal. According to the UN, it has one of the lowest HDI (0.391) in Nepal and the literacy rate of women stands at 49%. OLE Nepal worked closely with development partners and local bodies such as the District Education Office (DEO), Department of Education (DoE), UN World Food Programme and Embassy of Finland’s Fund for Local Cooperation (FLC) throughout the launch of the project. The plan and execution of the launch went smoothly by drawing from the experience of previous deployments in the far west region.
चैत ११, बैतडी | भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो । महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताउनुभयो । भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका जानकारी दिंदै उहाँले भन्नुभयो, “डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौँ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक...