Skip to main content

Posts

Showing posts from April, 2018

भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा झोलङ्गे पुल निर्माण हुन सकेन

चैत ११, बैतडी |  भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।  पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।  महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताउनुभयो ।  भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका जानकारी दिंदै उहाँले भन्नुभयो, “डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौँ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”  स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चे

खेल मैदानमै खेलाडीहरुको भिडन्त, प्रहरीको लाठीचार्ज: त्रिभुवन आर्मीद्वारा खेल बहिष्कार

चैत १७, सर्लाही | सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबल अन्तर्गत शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम ११ बीच खेल मैदानमै कुटाकुट भएको छ ।  फाइनल खेलको दोश्रो हाफको खेल हुँदै गर्दा २-१ को स्कोरले पछी परेको आर्मीका खेलाडीले सुरुदेखिनै खेलको नियम पालना नगरी रफ खेलेको कारण झगडा भएको सूदुरपश्चिमले जनाएको छ । खेलको क्रममा ११ नम्बर जर्सी एरोनाले डबल एलो कार्ड सहित रेड कार्ड पाए । त्यसैले विवाद सुरु गर्यो । खेल जारी रहँदा मैदान भित्रै आर्मीका खेलाडीले सूदुरपश्चिमका खेलाडीलाई कुटेका थिए ।  मैदान झडप भएपछी प्रहरीले लाठिचार्ज समेत गरेको थियो । मैदानभित्रै खेलाडी कुटेपछी रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिए । मैदानमा झडप  भएपछि प्रहरीले लाठ्ठी चार्जसमेत गरेको थियो । आफ्ना ३ खेलाडीलाई रेडकार्ड दिएको झोकमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल मैदान छाडेर खेल्ने बहिस्कार गरि बाहिरिए । आर्मीले मैदान छाडेपछि सुदूरपश्चिम ११ ले स्वत: बिजयी भएको भन्दै नारावाजी गरेको थियो ।  आयोजकले भने सनिबारको खेल रद्द भएप